शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानको तोहोकु इलेक्ट्रिक पावर कम्पनीले आगामी अप्रिलमा घरायसी प्रयोजनको लागि नियमन गरिएको आफ्नो बिजुलीको दर औसत ३२ दशमलब ९४ प्रतिशतले बढाउने योजना अगाडी बढाउन बिहीबार सरकारी स्वीकृतिको लागि दायर गरेको छ ।

तोहोकु विद्युत कम्पनीले मुख्यतया तोहोकु उत्तरपूर्वी क्षेत्रलाई सेवा प्रदान गर्दै आएको छ । बढ्दो मूल्यको बीचमा विद्युत उत्पादनको लागि स्थिर रूपमा इन्धन खरिद गर्न र मर्मतका लागि कोष सुरक्षित गर्न दर वृद्धि आवश्यक भएको निष्कर्षमा कम्पनीले उद्योग मन्त्रालयमा आवेदन बुझाएको हो ।

युक्रेन-रसियाको युद्धले जापान लगायत विश्वभरका ऊर्जा र अन्य मूल्यहरूमा प्रभाव परेको छ । सो युद्धपछि दर वृद्धिको लागि यस्तो आवेदन फाइल गर्ने यो पहिलो जापानी विद्युत कम्पनी बनेको छ ।

जापानका अन्य प्रमुख बिजुली आपूर्तिकर्ताहरू मध्ये होकुरिकु इलेक्ट्रिक पावर कम्पनी, चुगोकु इलेक्ट्रिक पावर कम्पनी, शिकोकु इलेक्ट्रिक पावर कम्पनी, शिकोकु इलेक्ट्रिक पावर कम्पनी, ओकिनावा इलेक्ट्रिक पावर कम्पनीले पनि यो महिनाको अन्त्यसम्ममा दर वृद्धिका लागि मन्त्रालयमा आवेदन पेश गर्ने योजना रहेको बताइएको छ ।

त्यस्तै टोकियो इलेक्ट्रिक पावर कम्पनीले भने डिसेम्बर वा त्यसपछि मात्र आवेदन बुझाउने भएको छ ।

तपाईको प्रतिक्रिया