शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – द भोइस अमेरिकाको शीर्ष १३ लाइभ शोमा नेपाली मूलकी परिजित बाँस्तोलाले बेजोड प्रस्तुती दिएकी छिन् । उक्त शोमा उनले एडेलको ‘अल आई आस्क’ बोलको गीतमा प्रस्तुती दिएकी छिन् । कोच जोन लिजेन्डको तर्फबाट उनले टप १३ लाइभ शोमा आफ्नो प्रस्तुती दिँदा कालो सारी र ब्लाउज लगाएकी थिइन् ।

कोच जोनले उनको पहिरनको विशेष तारिफ गरेका पनि छन् । उनले भने, ‘तिमीले जहाँको प्रतिनिधित्व गर्छौ, त्यसलाई तिमीले निकै राम्रोसँग प्रस्तुत गरिरहेकी छौ । तिम्रो स्वर निकै फरक छ, हरेक गीत सजिलै गाउन सक्छौ ।’

लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । परिजिताले ‘द भोइस’ मा आफ्नो प्रस्तुती दिन पाउँदा आफू निकै खुसी भएको र आफूलाई यो यात्रामा माया र समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी पनि छिन् ।

 

तपाईको प्रतिक्रिया