शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अमेरिकाको वायोमिङका केही पुरुषले आफ्नो लामो दारी एक आपसमा जोडेर विश्व रेकर्ड बनाएका छन् । क्यास्परस्थित एक बारमा भेला भएका प्रतिस्पर्धीले लस्करै बसेर दारीको १५० फिट अर्थात् ४५ मिटर लामो साङ्लो बनाएका थिए ।

यसअघि सन् २००७ मा जर्मनीमा यसै गरी पुरुषहरू लस्करै बसेर दारी बाटेर ६२ फिटको साङ्लो बनाएका थिए। जसले गिनिज बुक रेकर्ड जितेको थियो। अब भने नयाँ विश्व रेकर्ड कायम भएको छ ।

त्यतिबेला प्रत्येक प्रतिस्पर्धीको दारी ६ इन्च लामो थियो भने यसपटक सबै प्रतिस्पर्धीहरूको दारी ८ इन्च लामो हुनुपर्ने नियम थियो । वायोमिङमा राष्ट्रिय दारी जुँगा प्रतिस्पर्धामा हुँदै गर्दा नयाँ विश्व रेकर्ड समेत कायम भएको हो ।

तपाईको प्रतिक्रिया