Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – विदेशबाट दसैं मनाउन घर फर्किँदै हुनुहुन्छ ? आफूलाई आवश्यक र मनपरेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदै हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनकुन सामग्री ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्न सक्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुनकुन सामग्री ल्याउँदा भन्सार शुल्क लाग्दैन? कुन सामग्री ल्याउँदा कति भन्सार लाग्छ त ? नेपाल सरकार अर्थ मन्त्रालयले निजी प्रयोगका मालवाहक वस्तु सम्बन्धमा गरेको व्यवस्थाअनुसार विदेशबाट फर्किने व्यक्तिले उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरेको छ ।

  • लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान ।
  • उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि ।
  • शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैशाखी ।
  • सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रूपैयाँ मूल्यसम्मको जवाहरातजडित सुनका वा चाँदीका साथमा ल्याएको गहना ।
  • ट्याब्लेट, ल्यापटप, कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक/एक थान ।
  • बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान ।
  • पेसागत यात्रुले प्र योग गरी ल्याएको सामान्य प्रकारका सामान एक/एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप)।
  • खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गवैयाको सामान्य बाजा (जस्तैः गितार हार्मोनियम, तबला, जस्ता सामानहरू) ।
  • सात किलोग्रामसम्म खाद्य परिकार ।
  • मदिरा एक लिटरसम्मको एक बोतल ।

भन्सार महसुल तिरेर कुन कुन समान ल्याउन पाइन्छ ?

  • नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका देहाय बमोजिममा सबै वा कुनै मालसामान लाग्ने महशुल तिरी ल्याउन पाइन्छ ।
  • टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा, रेडियो, एक/एक सेट ।
  • शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा १५ थान ।
  • घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरजस्ता) दुई/दुई थान ।
  • दस किलोसम्म खाद्य परिकार ।
  • व्यावसायिक पेसामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान ।
  • नितान्त घरव्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई/दुई थान ।

यात्रुले ल्याउन पाउने निजी व्यवहारका सामान कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सकिने भन्सार विभागले जनाएको छ ।

माथिको सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐनअनुसार महशुल लाग्नेछ ।

  • छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा १५ हजार रूपैयाँसम्म ।
  • एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा २५ हजार रूपैयाँसम्म ।
  • १६ वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको ५० प्रतिशत शुल्क तिर्नु पर्नेछ ।

विदेशबाट फर्किएका यात्रुहरुले ल्याउने काँचो सुनका सम्बन्धमा छुट्टै व्यवस्था गरिएको छ ।  यात्रुले ५० ग्रामसम्म सुन ल्याउँदा प्रति दस ग्रामको नौ हजार पाँच सय रूपैयाँ, थप ५० ग्रामसम्म प्रति दस ग्रामको दस हजार पाँच सय रूपैयाँ भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया