शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौँको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो ।उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्व उपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्व पदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।सो क्रममा संग्राहलयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनावरण गरिएको थियो भने देवकोटाको कृतिमा समावेश गरिएका रचनाको वाचन पनि गरिएको थियो । संग्राहलयमा महाकवि देवकोटाले प्रयोग गरेका सामान, उनका कृतिहरू राखिएको छ ।

तपाईको प्रतिक्रिया