शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई राजा सलमानको आदेशमा राज्यको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

नयाँ मन्त्रिपरिषद्को फेरबदलमा युवराज सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको आधिकारिक साउदी प्रेस एजेन्सीले मंगलबार प्रकाशित शाही आदेशलाई उल्लेख गर्दै जनाएको छ । यसअघि नै पनि विश्वको सबैभन्दा ठूलो तेल निर्यातकको डिफेक्टो शासक रहेका प्रिन्स मोहम्मदलाई प्रधानमन्त्रीमा नियुक्ति गरेसँगै राज्य सरकारको नेताको रूपमा उनको भूमिका औपचारिक बनेको छ ।

साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमान एमबीएस भनेर पनि चिनिन्छन् । पहिले उपप्रधानमन्त्री र रक्षा मन्त्रीको रूपमा सेवा गरेका उनको स्थानमा उनका कान्छा भाइ खालिद बिन सलमानले रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका छन् । जो यसअघि उपरक्षामन्त्री थिए ।

शाही आदेशले विदेश मन्त्रीमा राजकुमार फैसल बिन फरहान अल साउद, अर्थमन्त्रीमा मोहम्मद अल जदान र लगानी मन्त्रीमा खालिद अल फलिहसहित अन्य सबै वरिष्ठ मन्त्रीहरूलाई उनीहरूको पदमा फेरि कायम राखेको छ । एमबीएसलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नु ८६ वर्षीय राजाले राज्यमा शक्तिको ढिलो तर स्थिर हस्तान्तरण जारी राखेको संकेत हो ।

तपाईको प्रतिक्रिया