शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान प्रस्थान गरेका छन् । विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम यात्रामा सहभागी हुन मोदी जापान गएका हुन् ।

गत ८ जुलाईमा जापानको नारा सहरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा सिन्जो आबेमाथि बन्दुकधारीले आक्रमण गर्दा उनको निधन भएको थियो । उनको हत्याको अढाइ महिनापछि सेप्टेम्बर २७ मा जापानको राजधानी टोकयोको किटानोमरु नेसनल गार्डेनमा हुँदैछ ।

विश्वका धेरै राष्ट्रबाट उनको अन्तिम संस्कारमा सहभागी हुन नेताहरू जापान पुग्दै छन् । मोदीको जापान भ्रमणबारे जानकारी दिँदै विदेश सचिव विनय मोहन क्वात्राले जापान भ्रमणका क्रममा मोदीले जापानी प्रधानमन्त्रीसँग औपचारिक भेटवार्तासमेत गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया