Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान शुरु गरेको जजिरा एयरवेजले कुवेत-चीन दुईतर्फी व्यावसायिक उडान शुरु गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसंख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत-चीन दुईतर्फी व्यावसायिक उडान शुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको छ ।

उक्त गन्तव्यका लागि कम्पनीले एयरवेस तीन सय २० नियो सिरिज जहाज प्रयोग गर्ने जनाएको छ । कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतमबुद्ध विमानस्थलपछि चीन उडान शुरु गरेको हो ।

हाल यो कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सेवा दिँदै आएको छ । उडान गन्तव्य विस्तारसँगै कम्पनीले दुई एयर बस तीन सय २० जहाज थप्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित रामचन्द्रनले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो । भैरहवाबाट उडान शुरु गरेको तीन महिनामा जजिराले करिब १२ हजार यात्रुलाई सेवा दिइसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया