Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

काठमाडौं – मकवानपुरमा जापानी इन्सेफलाइटिसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार इन्सेफलाइटिसबाट जिल्लाको बकैया गाउँपालिका-७ का दुई र हेटौंडा उपमहानगरपालिका-३ बसामाडीका एक जनाको मृत्यु भएको हो ।

बागमती गाउँपालिका-४ बस्ने वर्ष ४८ की सुस्मिता गोलेलाई उक्त रोगको संक्रमणबाट गम्भीर बिरामी भएकी छन् । उनलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको छ । त्यस्तै, मकवानपुरमा डेंगुको प्रकोप नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया