Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

टोकियो – प्रेस चौतारी चितवनका पूर्व सचिव विनोदकुमार सापकोटाले आफ्नो जन्मदिनको अवसरमा पत्रकार कल्याणकारी कोषमा १० हजार सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा चौतारी चितवनका पूर्व सचिव सापकोटाले दश हजार नगद सहयोग गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पत्रकार सापकोटाले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग जुटाउने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहयोग गरेको प्रतिक्रिया दिए । गरेको चौतारी चितवनका अध्यक्ष सुवास पण्डितकाअनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरूलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रूपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे बापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा हाल जापानमा रहेका सापकोटा २०६३ देखि २०६५ सालसम्म प्रेस चौतारी चितवनको सचिव थिए । सापकोटा अहिले पनि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । अभिमत पत्र डटकमका प्रबन्ध सम्पादक सापकोटा पत्रकार महासंघ जापान शाखाका पूर्व उपाध्यक्षसमेत हुन् । उनी नेपाली प्रवासी मञ्च जापानको केन्द्रीय सदस्य हुन् ।

चौतारी चितवनले स्थापना गरेको कोषमा हालसम्म ४५ हजार रकम जम्मा भइकसेको छ । यसअघि संगठनका चितवन जिल्ला इन्चार्ज प्रतिमा सिलवालबाट ५ हजार, अध्यक्ष सुवास पण्डितबाट १० हजार, चौतारी सदस्य मिलन पौडेलबाट १० हजार र स्वास्थ्यकर्मी हिमालय तिवारीबाट १० हजार सहयोग भइसकेको छ ।

प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनु, संगठन सुदृढीकरण र पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रम गर्न, पत्रकारहरू बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा सहयोग गर्ने जनाएको छ । साथै चौतारीमा आबद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्नु लगायतका विभिन्न उद्देश्य कोषको रहेको छ ।

तपाईको प्रतिक्रिया