Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – प्रहरीले नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रवार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्रान्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोटेश्वरमा विभिन्न ब्रान्डका नक्कली मदिराको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको संलग्नता पाइएको र निजको डेराबाट डबल ब्ल्याक, ब्ल्याक लेबल लगायतका मदिराहरू चार कार्टुन सिल प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सो व्यक्तिसँगको सोधपुछ गर्दा नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्ति र अन्य तीन जनाको पहिचान तथा फ्याक्ट्री भक्तपुरको दुवाकोटमा रहेको खुल्ला आएको र उत्पादनकर्ता भगवान् बस्नेत समेतलाई नियन्त्रणमा लिएर फ्याक्ट्रीमा छापा मार्दा ठूलो परिमाणको नक्कली मदिरा बरामद भएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा हरि वली, भगवान् बस्नेत, विशाल वली , मनोज खत्री र गोपी श्रेष्ठ रहेको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त मदिराहरू रात्रि क्लब, विभिन्न मदिराका डिलरहरू, दोहरी डान्स वार लगायतबाट माग भई उत्पादन गरी बिक्रीका लागि पठाइने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू उपर कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया