शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ४२ पैसा र युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ४५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ९४ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा रहेको छ ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया