शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानको नागोयामा हिन्दु नारीहरूको महान् चाड तीजका अवसरमा निःशुल्क ‘दर खाने कार्यक्रम’ आयोजना गरिएको छ । गुल्मेली समाज जापान, क्षेत्रीय समिति नागोया, अर्लाङकोट सेवा समाज जापान, पौंदी सेवा समाज जापानको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रम यही अगस्ट २१ तारिखका दिन हुने आयोजकले जनाएको छ । ‘२००९ मा स्थापना भएको गुल्मेली समाज जापान अहिले अझ सक्रिय हुँदै सामाजिक काममा अग्रणी भूमिका निभाउँदै गइरहेको छ,’ समाजले भनेको छ, ‘विदेशमा माइती घरको आभास दिलाउने र संस्कृतिको जगेर्ना गर्ने उदेश्यकाका साथ निःशुल्क दर खाने कार्यक्रम आयोजना गरिएको हो ।’

३ देखि ९ बजेसम्म आयोजना हुने कार्यक्रममा उपस्थितिका लागि आयोजकले सबैका आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया