Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – नेपालमा एक वर्षमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र विभिन्न देशबाट नेपालमा ३ अर्ब ६९ करोड २७ लाख ८९ हजार रुपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ भित्रिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत वर्ष सुर्ती मात्र २ अर्ब ९८ करोड ४१ लाख ६५ हजार रुपैयाँको नेपाल भित्रिएको विभागले जनाएको छ । सोही अवधिमा ३ करोड ८८ लाख ३८ हजार रुपैयाँको विभिन्न विदेशी चुरोट भित्रिएको छ । पछिल्लो समय नेपालमा हुक्काको पारखीहरु पनि बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष ८ करोड ७८ लाख १४ हजार रुपैयाँको ‘हुक्का फ्लेवर’ भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार भारत, चीन, हङकङ, ताइवान, कम्बोडिया, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, सर्विया, युनाइटेड अरब इमिरेट्स, जोर्डन, अमेरिका, मलेसिया लगायतका देशबाट नेपालमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ आउने गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ३ अर्ब १८ करोड ७० लाख ६६ हजार रुपैयाँको चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रिएको थियो ।

तपाईको प्रतिक्रिया