Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरूले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् । मुस्ताङका स्याउ उत्पादक कृषकहरूले आर्थिक वर्ष २०७७/७८ मा ‘नप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मुस्ताङ घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले रु १६ लाखको कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आएका छन् । उनले नप्पल जोन कार्यक्रमबाट रु आठ लाख अनुदान पाएपछि रु आठ लाख थपेर कोल्डस्टोर खरिद गरेको जानकारी दिए । “कोल्डस्टोर नहुँदा बिक्री नभएका स्याउहरू कुहिएर खेर जाने र लामो समयसम्म राख्न नहुने समस्या हुन्थ्यो तर अब त्यो समस्या हटेको छ”, उनले भने ।

सरकारले मुस्ताङलाई स्याउ जोनका रूपमा परिभाषित गरी अनुदानका कार्यक्रम उपलब्ध गराउन थालेपछि सो जिल्लाका स्याउ कृषकहरू हौसिएका छन् । मल, बिरुवा, कोल्डस्टोर, ढुवानी तथा औषधी खर्च अनुदानमा प्राप्त गर्न थालेपछि स्याउ उत्पादक कृषकहरूलाई सजिलो भएको किसान गुरुङले बताए ।

स्याउका लागि मल खरिद गर्न आफूले यो वर्ष कृषि ज्ञान केन्द्रबाट रु १७ हजार, एक हजार पाँच सय स्याउका बिरुवाहरू र ढुवानी तथा औषधोपचारका लागि भनेर रु ३५ हजार पनि अनुदान पाएको उनको भनाइ छ ।

मुस्ताङको एक हजार दुई सय हेक्टर जमिनमा अहिले व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ । करिब छ सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले उत्पादन लिन थालेका र बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमै स्याउका बिरुवासमेत उत्पादन हुन थालेपछि सजिलो भएको किसानहरूको भनाइ रहेको छ ।

यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छन् । २०२३ सालमा मुस्ताङको मार्फामा बागवानी केन्द्र स्थापना भएपछि मुस्ताङमा स्याउ खेतीप्रति आकर्षण बढेको हो । सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मीरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट सुरु भएको स्याउ खेती अहिले देशभर फैलिएको छ ।

मुस्ताङ जिल्लामा स्याउ उत्पादन गर्न कठिन नभए पनि बजारीकरणका लागि यातायातको निकै समस्या रहेको स्याउ कृषक टीका शेरचनले बताए । “सरकारले पछिल्लो समय अनुदान वृद्धि गरेर सजिलो त भएको छ तर, कठिन भूगोलका कारण ढुवानी र बजारीकरणमा समस्या छ”, शेरचनले भने ।

हिमालपारिको जिल्ला मुस्ताङलाई देशका विभिन्न सहरहरूसँग जोड्ने एक मात्र स्थलमार्ग बेनी–जोमसोम सडक स्तरोन्नतिकै चरणमा रहेकाले ढुवानीका लागि सजिलो नभएको कृषकहरूको गुनासो छ । मुस्ताङमा हिउँ पहिरो जाने, पहिरो र बाढीका कारण सडक अवरुद्ध हुने जस्ता समस्याले गर्दा यहाँ उत्पादित स्याउ उपभोक्ताले चाहेको समयमा पाउन नसकेका गुरुङले बताए ।

एक सिजनमा एक सय ५० टनदेखि दुई सय टनसम्म स्याउ उत्पादन गरी बिक्री गर्दै आएको गुरुङले बताए । स्याउ बिक्रीबाट नै अहिलेसम्म एक करोड जतिको सम्पत्ति जोडेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका अनुसार हरेक वर्ष मुस्ताङी किसानले कम्तीमा पनि पाँच हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन गर्दै आएका छन् । उत्पादनका हिसाबले ५० देखि ७० करोडको स्याउ मुस्ताङबाट हरेक वर्ष निर्यात हुने गरेको तथ्याङ्क छ । नेपालमा वर्षमा झण्डै छ अर्ब रुपैयाँभन्दा धेरैको स्याउको कारोबार हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

तपाईको प्रतिक्रिया