Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं –  मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हीरा फेला परेको छ । चौतीस ग्राम तौल रहेको यो हीरा विगत ३०० वर्षमा भेटिएको त्यस खालको सबैभन्दा ठूलो हीरा भएको बताइएको छ ।

लुलोस्थित खानीमा फेला परेको १७० क्यारटको यो हीरालाई ‘लुलो रोज’ नाम दिइएको छ । यसअघि १८५ क्यारटको “दरिया-ए-नूर” फेला परेको थियो । त्यसपछि भेटिएको यो नै सबैभन्दा ठूलो हीरा भएको ठानिएको छ । दरिया-ए-नूर एउटा ठूलो पत्थरबाट काटेर निकालिएको थियो । उक्त हीरा इरानी राजमुकुटमा भएका रत्नमध्ये पर्छ ।

यो कस्तो खालको हीरा हो ?
लुलो रोज ‘टूए’ वर्गको हीरा हो । यस वर्गको हीरामा अशुद्धता हुँदैन वा निकै कम हुन्छ । ‘लुलोमा फेला परेको यो भव्य गुलाबी हीराले विश्वमा एङ्गोलाको महत्त्वपूर्ण स्थान रहेको देखाएको छ,’ एङ्गोलाका खनिज स्रोतसम्बन्धी मन्त्री डियमन्तिनो अजभेदोले भने ।

यो उक्त खानीमा फेला परेको पाँचौँ ठूलो हीरा हो । यो खानी अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनी र एङ्गोला सरकारले संयुक्त रूपमा सञ्चालन गरेका छन् । यस प्रकारका हीरा यसअघि दशौँ लाख डलरमा विक्री भएका थिए ।

कति मूल्य पर्छ ?
सन् २०१७ मा पिङ्क स्टार नामक एउटा हीरा हङ्‌कङमा लिलाम बढाबढ हुँदा सात करोड १२ लाख अमेरिकी डलरमा विक्री भएको थियो ।

तर रत्न विशेषज्ञ जोआना हार्डी लुलो रोज नकाटिएसम्म कति मूल्यमा विक्री हुन्छ भनेर अनुमान लगाउन नसकिने बताउँछिन् । गुलाबी हीराहरू अत्यन्तै दुर्लभ हुन्। तर यही विशेषताका कारण यसलाई आकार वा बुट्टामा ढाल्न कठिन हुने गरेको छ ।

हार्डीका अनुसार यो रत्न सर्वसाधारण मानिसहरूले हेर्न पाउने सम्भावना न्यून छ । यो लिलाम बढाबढमा राखिने सम्भावना पनि कम छ । किन भने पाउनासाथ किनिहाल्ने ग्राहकको कमी छैन । -बीबीसी

तपाईको प्रतिक्रिया