Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – हालै मात्र मार्वग भाइरसको कारण घानामा दुई जनाको ज्यान गएको छ भने महामारी फैलिने डरले आशंकित ९८ जना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तीव्र गतिमा सर्ने यस रोगको कारण ज्वरो आउने, मांशपेसी दुख्ने र बान्ता हुने गर्दछ । कुनै कुनै बेला एक्कासी शरीरमा रगतको चरम अभावका कारण बिरामीको मृत्यु नै हुन्छ । विगतमा यस भाइरसको कारण सयौं मानिसको मृत्यु भइसकेको छ । विशेष गरी अफ्रिकामा ।

यो इबोला भाइरस समूहमा पर्छ । पहिलो पटक सन् १९६७ मा यस भाइरसको पहिचान हुँदा संक्रमित ३१ मध्ये ७ जनाको ज्यान गएको थियो । मार्वग पहिलोचोटि अफ्रिकामा हरिया बाँदरले ल्याएका थिए । युगान्डाबाट आएका हरिया बाँदरहरूमा यसको महामारी फेला परेको थियो । त्यसयता यो भाइरस अन्य जनावरहरूसँग पनि जोडिएको छ ।

मानिसमा भने चमेरो बस्ने गुफा तथा खानीका सुरुङमा लामो समय बसेका मानिसहरूबाट सरेको हुनुर्ने अनुमान गरिएको छ । यसअघि मर्वग प्रजातान्त्रिक गणतन्त्र कंगो, केन्या, दक्षिण अफ्रिका, युगान्डा, र जिम्वावेमा पनि भेटिएको थियो ।

कसरी फैलिन्छ यो भाइरस ?
इजिप्शन रूजेट फ्रूट ब्याट भनिने एक जातको चमेरोमा यो भाइरस धेरै देखिन्छ । अफ्रिकन ग्रीन मङ्की भनिने बाँदर र सुँगुर पनि यो भाइरसका वाहक बन्न सक्छन् । मानिसहरूमा भने यो भाइरस शरीरबाट निस्किने तरल पदार्थ वा ओछ्यानबाट सर्छ । अनि निको भइसकेका व्यक्तिहरूको रगत वा वीर्यबाट महिनौँ पछिसम्म यो भाइरस सर्न सक्छ ।

उपचार के हो ?
यसको निश्चित उपचार वा खोप छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विभिन्न औषधि र उपचारविधि विकासका क्रममा छन् । चिकित्सकहरूले बिरामीलाई धेरै झोल पदार्थ सेवन गराएर र रगत दिएर यसका लक्षणहरू कम गर्न सक्छन् ।

खोप निर्माण कार्यमा जुटिरहेको अन्तर्राष्ट्रिय संगठन ‘गाभी’ ले अफ्रिकामा रहेका मानिसलाई झाङमा बस्ने जनावरका मासु नखान सचेत गराएको छ । संक्रमित भइसकेका पुरुषहरूलाई दुई पटकसम्म वीर्य परीक्षणमा भाइरस नेगेटिभ नदेखिएसम्म वा एक वर्षसम्म कन्डम प्रयोग गर्ने सल्लाह दिइएको छ । यसको कारण मर्नेको शव पनि नछुन सल्लाह दिइएको छ । बीबीसी

तपाईको प्रतिक्रिया