Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलोपटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या आजसम्म आइपुग्दा संक्रमण ४५७ पुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा आज सक्रिय संक्रमित एकहजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज संक्रमणका कारणले एकरएक संक्रमितको ज्यान गएको छ । संक्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा संक्रमण देखिएको छ ।

शून्य दशमलव पाँच प्रतिशतमा रहेको संक्रमण अहिले ९।८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी संक्रमित काठमाडौंमा रहेका छन् । शून्य संक्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दास भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको बताउँछन् । “भारतमा दैनिक संक्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्,” उनले भने, “ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक संक्रमण देखिएको छ । ती मानिसले नै संक्रमण सारिरहेका छन् ।”

उनका अनुसार भारतमा संक्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागु नगर्नाले संक्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भिडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि संक्रमण फैलिएको बताइन्छ ।

नेपालमा पनि अणुवाङ्शिक ९जिन सिक्वेन्सिङ० अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘बीएफाइभ’ प्रजातिको संक्रमित भेटिएको छ । उनले बीएफाइभ प्रजातिको संक्रमण फैलिने उच्च दर रहेकाले अहिले संक्रमित बढेको बताए । महाशाखाका निर्देशक डा. दासले संक्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलोपटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आईसीयू)मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् ।

अस्पतालमा हिजो साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उनले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताए ।

तपाईको प्रतिक्रिया