शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा श्रीवास्तवले राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेश गरेपछि राजदूत श्रीवास्तवले बिहीबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्। यसअघिका राजदूत विनयमोहन क्वात्रा बढुवा भएर भारतीय विदेश सचिवको जिम्मेवारी सम्हाल्न दिल्ली गएपछि बिहारका श्रीवास्तवले नेपालको जिम्मेवारी पाएका हुन्।

तपाईको प्रतिक्रिया