शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – फिलिपिन्सका स्व. तानासाहका छोरा फर्डिनान्ड मार्कोस जुनियरले देशको नयाँ राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । एसियाको सबैभन्दा प्रसिद्ध राजवंशहरूमध्ये एक हो, मार्कोस परिवार । पिता मार्कोसलाई अपदस्थ गरी निर्वासनमा पठाइएको ३६ वर्षपछि मार्कोस जुनियरले आश्चर्यजनक रूपमा बिहीबार राजनीतिक पुनरागमन गरेका हुन् ।

६४ वर्षीय मार्कोस जुनियरले गएको महिना भएको राष्ट्रपति निर्वाचनमा ‘दुर्लभ जित’ हासिल गरेको अलजजिराले जनाएको छ । जसलाई आलोचकहरूले आफ्नो परिवारको छविलाई धुल्याउनका लागि चालेको वर्षौँ लामो अभियान भन्दै टिप्पणी गरेका छन् ।

मार्कोस जुनियरलाई रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा पनि हेरिन्छ । फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टेले अन्तर्राष्ट्रिय रूपमा कुख्याति कमाएका थिए । कार्यालय छोडेपछि संदिग्ध लागुऔषध व्यापारीहरूलाई मार्ने धम्की दिएका थिए ।

शपथपछि आमसभालाई सम्बोधन गर्दै उनले सबैलाई फाइदा हुने नीतिहरूसहित देशले फड्को मार्ने काम गर्ने वाचा गरे । उनले फिलिपिन्सको लोकतन्त्रको इतिहासमा सबैभन्दा ठूलो चुनावी जनादेश दिएको भन्दै जनतालाई धन्यवाद पनि दिए ।

तपाईको प्रतिक्रिया