आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख कार्यसञ्चालन अधिकृत (सिओओ) शेरिल स्याण्डबर्गले राजीनामा दिएकी छिन् । पछिल्लो १४ वर्षदेखि उक्त पदमा रहेकी शेरिलले बुधबार एक फेसबुक पोस्ट मार्फत अब जीवनको नयाँ अध्यायको समय आएको घोषणा गरेको बताएकी छिन् ।

आफ्नो लामो कार्यकालमा फेसबुकको डिजिटल विज्ञापन व्यवसायलाई निकै उत्कृष्ट ढंगले सम्हालेर कम्पनीलाई नयाँ उचाइँमा पुर्‍याएकी शेरिल स्याण्डबर्ग फेसबुक स्थापना भएको ४ वर्षपछि सन् २००८ मा कम्पनीसँग जोडिएकी थिइन् । फेसबुक कम्पनीमा जोडिनु अगाडि स्याण्डबर्ग गुगलमा काम गर्दथिन् ।

फेसबुकलाई १०० अर्ब डलरको कम्पनीसम्म पुर्‍याउनका लागि उनले अहम भूमिका खेलेकी थिइन् । सोही कारण उनी फेसबुक सीईओ मार्क जुकरबर्गपछि कम्पनीमा दोश्रो वरिष्ठ अधिकारीको रुपमा कार्यरत थिइन् । ५२ वर्षीया स्याण्डबर्गले मेटाको सिओओ पदबाट राजीनामा दिएपनि कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको सदस्यको रुपमा भने काम गरिरहने बताएकी छिन् ।

फेसबुकलाई विज्ञापन दिग्गज बनाउन सहयोग गरिन् र गुगल पछि विज्ञापनबाट धेरै कमाउने कम्पनीको दोश्रो स्थानमा फेसबुक आउन सफल भएको छ । अहिले फेसबुक प्रयोगकर्ताको संख्या करीब ३ अर्ब छ ।

तपाईको प्रतिक्रिया