आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ – नेपाली विकिपिडिया १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ । सन् २००२ जुन ३ अर्थात आजकै दिन नेपाली विकिपिडियाको सुरूवात भएको थियो ।

अंग्रेजी विकिपिडिया सुरू भएको एक वर्षपछि नेपाली विकिपिडया सुरू भएको थियो । गनेश पौडेलसहितको टिमले नेपाली विकिपिडिया सुरू गरेको हो । पौडेल हाल नेपाल टेलिकममा आवद्ध रहेका छन् ।

नेपाली विकिपिडियामा गनेश पौडेलको महत्वपूर्ण योगदान रहेको नेपाली विकिपिडियाका प्रबन्धक तुल्सी भगत बताउँछन् ।

हाल आफ्नो कार्यव्यस्ताले पौडेलले नेपाली विकिपिडियामा समय दिन पाएका छैनन् । तर सुरूवाती दिनको उनको भूमिका उल्लेखनीय छ । नेपाली विकिपिडियामा गनेश पौडेलले धेरै लेखहरू लेखेका छन् ।

नेपाली विकिपिडिया अहिले ६ जनाले व्यवस्थापन गरिरहेका छन् । प्रबन्धकमा विप्लव आनन्द, निर्मल दुलाल, सरोज उप्रेति तुल्सी भगत र अन्य २ जना रोबोट रहेका छन् ।

तपाईको प्रतिक्रिया