आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – नेपालको सबैभन्दा बढी सब्स्क्राइबर भएको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । च्यानल ह्याक गरी ह्याकरले च्यानलको नाम ‘टेस्ला लाइभ’ राखेका छन् ।

ह्याक भएको उक्त च्यानलमा हालसम्म ६९ लाख बढी सब्स्क्राइबर रहेका छन् । यो च्यानल नेपालमा सबैभन्दा बढी सस्क्राइबर भएको युट्युब च्यानल हो । विभिन्न भाकामा नेपाली गीत संगीत राख्दै आएको च्यानल मंगलबारबाट ह्याक भएको म्युजिक नेपालले जानकारी दिएको छ ।

यसअघिका ह्याकिङ घटनामा जस्तो यसमा भिडिओहरू गायब भने भएको छैनन् । ह्याकिङका अन्य घटनामा ह्याकरले च्यानल ह्याक गरी नाम परिवर्तन पश्चात सम्पूर्ण भिडियो गायब पार्ने गरेका थिए । यसअघि नेपालमा चर्चित मानिएका ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टिभी, गायक कमल खत्री, भिटेन आदिको युट्युब च्यानल समेत ह्याक भएका थिए ।

नेपालमा ह्याक भइरहेका च्यानलहरूमा प्रायः प्रतिबन्धित क्रिप्टो सम्बन्धी लाइभ हुने गरेको थियो । यसमा भने हालसम्म कुनै किसिमको लाइभ सञ्चालन गरिएको छैन । नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ । नामलाई आधार बनाउने हो भने ह्याकरले त्यसमा टेस्ला सम्बन्धी जानकारी दिने योजना बनाएको थियो ।

तर, कम्पनीले युट्युब च्यानल आफ्नो पहुँचमा आइसकेको बताएको छ । च्यानलको सम्पूर्ण लगइन डिटेल प्राप्त भइसकेको भएपनि नाम परिवर्तन भने हुनसकेको छैन् । नाम परिवर्तनका लागि थप काम भइरहेको म्युजिक नेपालले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया