शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – प्रदेश सभाबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको उम्मेदवार बनेका प्रदेश सभा सदस्य काजीमान कागते पराजित भएका छन् ।

एमालेका तर्फबाट मेयरको प्रत्याशी भएका कागते गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रणबहादुर राईसँग पराजित भएका हुन् । समाजवादीका राईले १८५२ मतको अन्तरले पूर्व प्रदेश सभा सदस्य कागतेलाई पराजित गरे ।

राईले १२४३१ मत पाउँदा कागतेले १०५७९ मत पाए । कागते प्रदेश सभा सदस्यमा राजीनामा दिएर मेयर बन्न गएका थिए । उप मेयरमा भने गठबन्धनबाटै कांग्रेसका दुर्गाकुमार बराल विजयी भइन् । उनले ११८५४ मत ल्याए । प्रतिस्पर्धी एमालेकी ९१२२ मत पाइन् ।

तपाईको प्रतिक्रिया