शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानले विदेशी आगन्तुकहरूको सङ्ख्यामा तोकेको सीमा बढाउने भएको छ । आउँदो जुनदेखि दैनिक२० हजार अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेश अनुमति दिइने भएको हो ।

हाल १० हजार विदेशी आगन्तुकहरूलाई प्रवेशको अनुमति दिइँदै आएको छ । नोभेम्बरमा ३५ सय यात्रुलाई अनुमति दिइएको थियो भने मार्च १ देखि ५ हजार मार्च १४ देखि ७ हजार र अप्रिल १० तारिखदेखि १० हजार अन्तर्राष्ट्रिय यात्रुलाई जापान सरकारले प्रवेश अनुमति दिँदै आएको छ ।

सरकारी स्रोतकाअनुसार यही महिनादेखि पर्यटकलाई पनि अनुमति दिइने भएको छ । तत्काल सानो समूहमा छोटो समयका लागि आउने पर्यटकहरूलाई अनुमति दिइने भएको छ भने बिस्तारै अवस्था हेरेर त्यो सङ्ख्यालाई पनि बढाउँदै जाने जापान सरकारको तयारी छ ।

अहिले विदेश गएर फर्किने जापानी नागरिक, विदेशी विद्यार्थी, प्राविधिक प्रशिक्षार्थीहरूलाई अनुमति दिइँदै आएको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण जारी रहेको भएपनि सामाजिक र आर्थिक गतिविधिहरू ब्युँताउन सीमा नियन्त्रण खुकुलो बनाएको हो ।

तपाईको प्रतिक्रिया