Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

भारत मुम्बईको जसलोक अस्पताल एवम् अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताले भाग लिएको आईआईटीको यो अनुसन्धानमा कहिल्यै संक्रमित नभएका पुरुषको तुलनामा कोभिड-१९ बाट प्रभावित पुरुषमा शुक्राणुको संख्या धेरै नै कमी आएको तथा उनीहरूमा सामान्य आकारका शुक्राणु समेत कम पाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जुनसुकै खालको कोरोनाभाइरस संक्रमण भए पनि त्यसले पुरुषको प्रजनन क्षमतालाई प्रभावित गर्न सक्ने रहेछ । इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी ९आईआईटी० मुम्बईका अनुसार सामान्य खालका वा मध्यम स्तरको कोरोनाभाइरस संक्रमणले पुरुषको प्रजनन प्रणालीसम्बधी प्रोटिनको स्तर नै फेरिदिन सक्छ र त्यसबाट उसको प्रजनन क्षमता नै प्रभावित हुन सक्छ ।

‘एसीएस ओमेगा‘ नामक पत्रिकामा गत सप्ताह प्रकाशित अनुसन्धानमा कोभिड-१९ भएर सन्चो भएका पुरुषको वीर्यमा प्रोटिनको स्तरको विश्लेषण गरिएको थियो । अनुसन्धानकर्ताका अनुसार, कोभिड-१९ गराउने मूख्य जिम्मेदार सार्स-सीओवी-२ भाइरसले खासमाचाहिँ श्वासप्रश्वास प्रणालीलाई प्रभावित गर्ने हो, तर यो भाइरस तथा त्यसप्रति शरीरको प्रतिक्रियाका कारण शरीरका अन्य अंगमा पनि हानी गर्छ ।

यसअघि प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड-१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत पाइएको थियो । यही प्रभावका कारण कोभिड-१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ ।

टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एन्डोथीलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायतका ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, महामारीका कारण मानसिक स्वास्थ्यमा परेको असरका कारणले इरेक्टाइल डिसफङक्शनका मामिला बढेको छ । यो सम्बन्धी प्रमाणहरूमा आधारित एउटा न्यारेटिभ रिभ्यु इन्टरनेशनल जर्नल अफ इम्पोटेन्समा प्रकाशित भएको थियो ।

भारतका अनुसन्धानकर्ताहरूले पनि कोभिड-१९ भएका पुरुषहरूको यौन स्वास्थ्य तथा प्रजनन अङ्गमा गम्भीर प्रभाव परेको संकेत पाइएको बताएका छन् । भारत मुम्बईको जसलोक अस्पताल एवम् अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताले भाग लिएको आईआईटीको यो अनुसन्धानमा कोभिड-१९ का कारण पुरुष प्रजनन प्रणालीमा कुनै दीर्घकालिक प्रभाव पत्ता लगाउन खोजिएको छ । अनुसन्धानकर्ताहरूले १० स्वस्थ पुरुषका वीर्यमा प्रोटिनको स्तर तथा सामान्य वा मध्यम खालका कोरोनाभाइरस संक्रमणबाट सन्चो भएका १७ पुरुषका वीर्यमा प्रोटिनको स्तरको तुलना गरिएको थियो । यी सबै पुरुषको आयु २० देखि ४५ वर्ष थियो र उनीहरू यसअघि कुने पनि प्रजनन क्षमताको अभावको समस्याबाट पीडित थिएनन् ।

अनुसन्धानकर्ताले कहिल्यै संक्रमित नभएका पुरुषका तुलनामा कोभिड-१९ संक्रमित भएर ठिक भएका पुरुषमा शुक्राणुको संख्या नै एकदमै कम पाए भने अनि तीनमा सामान्य आकारका शुक्राणु नै कम भएको पाए । अनुसन्धानकर्ताले कोभिड-१९ संक्रमित भएर ठिक भएका पुरुषका वीर्यमा प्रोटिनका स्तरमा परिवर्तन आएको छ । स्राेतः INS न्यूज

तपाईको प्रतिक्रिया