मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – नाबालिग बलात्कारको आरोप लागेका नायक पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।  न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतका वकिल दीपक भट्टराईका अनुसार बुधबार नाबालिगको पक्षबाट तीनजना वकिल र शाहको पक्षबाट नौ जना वकिलले थुनछेक बहस सकाएका थिए ।

भट्टराई भन्छन्, “तनहुँ अदालतले आदेश दिएको थियो । यहाँ पनि त्यही हो । अहिले धरौटीमा वा तारेखमा छुट्ने सम्भावना न्यून हुन्छ ।”

किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।

नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई मंगलबार नवलपुर जिल्ला अदालत लगिएको थियो ।

उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

त्यस्तै गत चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको आदेशपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

तपाईको प्रतिक्रिया