शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

विवाह भनेको सबैका लागि विशेष दिन हो । विवाहलाई यादगार बनाउनको लागि मानिसहरूले करोडौँ रुपैयाँ खर्च गर्छन् । महँगो लुगादेखि ब्यान्ड बाजासम्म सबैका लागि पैसा खर्च गर्छन् । तर, भारतमा एउटा यस्तो ठाउँ छ, जहाँ बेहुलीलाई लिन नाङ्गो खुट्टा दौडेर जान्छन् , यही कारण त्यो ठाउँमा यसलाई विवाहको ओलम्पिक भनिन्छ ।

३०० वर्षदेखि चलिरहेको परम्परा
यो भारतको राजस्थानको बिकानेर सहरको पुष्करण समाजको अनौठो परम्परा हो । परम्पराअनुसार बेहुला नाङ्गै खुट्टा बेहुलीको घरमा जान्छन् । उनीहरूको यो परम्परा विगत ३०० वर्षदेखि चल्दै आएको छ ।

दुलहालाई विष्णु र दुलहीलाई लक्ष्मी मानिन्छ
यहाँको परम्पराअनुसार दुलहालाई विष्णु र दुलहीलाई लक्ष्मीको रूपमा मान्ने गरिन्छ । यहाँ विवाह समारोहमा ब्यान्ड बाजाको सट्टा शंखको आवाज र मांगलिक गीत पनि गुञ्जिन्छ ।

विवाहमा लेनदेन हुँदैन
यी विवाहरूमा कुनै पनि प्रकारको लेनदेन हुँदैन । यति मात्र होइन, ठूलो संख्यामा रहेका विपन्न परिवार भए उनीहरूलाईलाई विवाह सामग्रीसहित नगद पनि उपलब्ध गराइन्छ ।

तपाईको प्रतिक्रिया