आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानले आगन्तुकहरूको सङ्ख्यामा तोकेको सीमा बढाउने भएको छ । यही १० तारिखदेखि दैनिक १० हजारलाई प्रवेश अनुमति दिइने भएको हो ।

हाल ७ हजार आगन्तुकहरूलाई प्रवेशको अनुमति दिइएकोमा अप्रिल १० देखि यो सङ्ख्या बढाएर १० हजारमा पुर्‍याइने भएको छ । मन्त्रिपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले पत्रकार सम्मेलनमा भने, ‘जापानले देश र विदेशमा सङ्क्रमणको अवस्था र अन्य प्रमुख राष्ट्रहरूले लिएका सीमा नियन्त्रण उपायहरूलाई ध्यानमा राखेर चरणहरूमा मानिसहरूको अन्तर्राष्ट्रिय आवागमन बढाउने योजना बनाएको छ ।’

देशभरमा कोरोना भाइरसको सङ्क्रमण उच्च नै रहेको भएपनि जापानले क्रमिक रूपमा सीमा नियन्त्रण खुकुलो बनाउँदै लगेको छ । कोरोना सङ्क्रमण बढेपछि जापानले नोभेम्बरको अन्तमा गैर आवासीय विदेशी नागरिकहरूमा प्रवेश प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया