सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – पहिलो एक दिवसीय क्रिकेटमा बङ्ग्लादेशले घरेलु टोली दक्षिण अफ्रीकालाई हराएको छ । गएराति सेन्चुरियनमा भएको खेलमा बङ्ग्लादेशले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो ।

दक्षिण अफ्रिकाको भूमिमा बङ्ग्लादेशको यो पहिलो एक दिवसीय जित पनि हो । बङ्ग्लादेशले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो । दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले ८६ तथा डेभिड मिलरले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

बङ्ग्लादेशका मेहदी हसन मिराजले ४ तथा ताक्सिन अहमेदले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बङ्ग्लादेशले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो । बङ्ग्लादेशका शकिब अल हसनले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । यस्तै लिटोन दास र यासिर अलिले ५०/५० रन जोडे ।

दक्षिण अफ्रिकाका मार्को जेनसन र केशव महाराजले २/२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा बङ्ग्लादेशले १–० को अग्रता बनाएको छ।

 

तपाईको प्रतिक्रिया