सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडाैं – अमेरिकी राष्ट्रपति जो बाइडनले रुसलाई युक्रेनसँग लड्न चीनले सैनिक सामग्री उपलब्ध गराउन नहुनेमा जोड दिदैँछन् । आज अबेर चिनियाँ राष्ट्रपति सी जीनपिङसँग हुने टेलिफोन कुराकानीमा उनले त्यस्तो अनुरोध गर्ने भएका हुन् ।

अमेरिकी अधिकारीहरूले रुसी हमलाको आलोचना गर्न विफल भएकोमा बेइजिङको निन्दा गर्दै आएका छन् । बाइडनले बिहीवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक विशुद्ध ठग र एक हत्यारा तानाशाह भन्दै उनले युक्रेनमा मानिसहरू विरुद्ध अनैतिक युद्ध घोषणा गरेको आरोप लगाएका थिए ।

यसअघि बाइडनले पुटिनलाई युद्ध अपराधी भनेका थिए । त्यसको प्रतिक्रिया स्वरुप क्रेम्लिनका प्रवक्ताले बाइडनको टिप्पणी पूर्ण रूपमा अस्वीकार्य र माफी दिन लायक नभएको बताएका थिए ।

तपाईको प्रतिक्रिया