सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडाैं – युक्रेन युद्ध सुरु भएयता २० लाख मानिसहरू युक्रेनबाट भागेर पोल्यान्ड पुगेको त्यहाँको सीमा रक्षा निकायले जनाएको छ ।

उक्त सङ्ख्या शुक्रवार जीएमटी समय अनुसार ८ बजे २० लाख पुगेको पोलिस बोर्डर गार्ड एजेन्सीले आफ्नो ट्विटर खातामा लेखेको छ । त्यसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

वार्स विश्वविद्यालयका एक आप्रवासन अनुसन्धान प्राध्यापकका अनुसार पोल्यान्डबाट पाँच लाख भन्दा बढी व्यक्ति अन्यत्र गइसकेका छन् । अधिकांश मानिसहरू वार्स र क्राकाउ जस्ता ठूला शहरमा छन् र त्यहाँका अधिकारीहरूले आवास उपलब्ध गराउने आफ्नो क्षमता कटिसकेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया