सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – भारतीय राज्य ओडिसामा एक जना सांसदले भीडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन्। यो घटना शनिबारको हो।

ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाएका हुन्। त्यहाँ उपस्थित प्रहरीले उनलाई गाडी रोक्न भनेका थिए तर उनले जबरजस्ती गाडी भीडमा चलाएपछि रोक्न खोज्ने प्रहरी पनि घाइते भएका हुन्।

भीडमाथि उनले चलाएको गाडी रूखमा ठोक्किएपछि रोकिएको थियो। आक्रोशित भीडले जगदेवमा मरणासन्न हुने गरी कुटपिट गरेका छन्। उनको अहिले भुवनेश्वर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया