Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौँ — विश्वमै पहिलो पटक प्रत्यारोपणमार्फत सुँगुरको मुटु प्राप्त गरेका अमेरिकी नागरिक डेभिड बेनेटको मृत्यु भएको छ । उनको सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएको २ महिनापछि मृत्यु भएको हो । अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो । मेरिल्यान्डमा बस्ने ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो तर उनको मृत्यु भएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो ।

प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्ने बताइएको थियो । शल्यक्रियाअघि उनी ६ साता ओछयानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो । तर सुँगुरको मुटु प्रत्यारोपण गरेको २ महिनापछि बेनेटको मृत्यु भएपछि विभिन्न अड्कलबाजी हुनसक्ने सञ्चारमाध्यामहरुले जनाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया