आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडाैं – अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि रुसमाथि प्रतिबन्ध लगाएको छ । छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि पश्चिमा देशले निरन्तर रुसविरुद्ध प्रतिबन्धको घोषणा गर्दैछन् । यो होडमा पश्चिमा देशका कम्पनीहरू समेत सरिक भइरहेका छन् ।

यही शिलसिलालाई साथ दिँदै अमेरिकी आइफोन उत्पादक एप्पलले समेत रुसमा सबै प्रकारका उत्पादनको बिक्री बन्द गरेको हो । ‘हामीले रुसतर्फको सबै निर्यात बन्द गरिसकेका छौं,’ कम्पनीले भनेको छ, ‘अब कुनै पनि स्थानबाट रुसका एपहरू एपस्टोरबाट डाउनलोड गर्न सकिँदैन ।’

एप्पलले एप्पल स्टोरबाट रुसको रुसिया टुडे र स्पुतानिक न्यूजको डाउनलोड समेत गर्न नमिल्ने बनाएको छ । कम्पनीले युक्रेनको सार्वभौमको पक्षमा रहेको जानकारी दिन यस्तो निर्णय गरेको जनाएको छ । गत साता युक्रेनको सरकारले एप्पललाई रुसमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको थियो ।

तपाईको प्रतिक्रिया