बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडाैं – फ्रान्सको जलसेनाले रुसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको बीबीसीले थाहा पाएको छ ।

रुसमाथि युरोपेली सङ्घले लगाएको नयाँ प्रतिबन्धअनुसार उक्त जहाज रोकेर अर्को ठाउँतिर पठाइएको फ्रेन्च अधिकारीहरूले बताएका छन् । ‘कार ढुवानी गरिरहेको १२७ मिटर लामो बल्टिक लीडर नाम गरेको रुसी पानीजहाज राति नै जलसेनाले रोकेर उत्तरी फ्रान्सको बन्दरगाहमा लगिएको छ,’ ती अधिकारीले भनेका छन् ।

युरोपेली सङ्घले प्रतिबन्ध लगाएका मस्कोका कम्पनीको जहाज भएको आशङ्कामा नियन्त्रणमा लिइएको हो । जहाज रोकिएको बारे रुसी दूतावासले फ्रान्ससँग स्पष्टीकरण मागेको रुसको आरआईए समाचारसंस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया