सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

काठमाडौं – काभ्रेको पाँचखाल नगरपालिका-४ स्थित जिरो किलोमा केही दिनअघि जिउँदै जलाइएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । मृतक दोलखा भीमेश्वर नगरपालिका-६ चरिकोटका विष्णुप्रसाद सुवेदी भएको पुष्टि भएको हो ।

उनको दाँतबाट पहिचान भएको प्रहरीले जानकारी दिएको छ । उनले माथिल्लो भागमा ३ वटा र तल्लो भागमा ९ वटा दाँत हालेका थिए । उनको ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि घर छ । टिकाथलीबाट वैशाख २३ मा उनी दोलखाका लागि हिँडेका थिए ।

जिरो किलोबाट त्यस दिन बिहान ११ बजेतिर टिकाथलीमा परिवारलाई फोन गरेर उनले ‘म साथीहरूसँग एउटा काममा छु, बेलुकासम्म आउन सक्छु ।’ भनेर खबर गरेका थिए ।

तर उनको शव भेटिएको हो । उनलाई रूखमा मुखमा तार बाँधेर जिउँदै आगो लगाएको पाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया