Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो । अदालतबाट सफाइ पाएका लामिछानेले क्रिकेटमा फर्किने बाटो खुलेको हो । जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो । उच्च अदालतको फैसलापछि क्यानले निलम्बन फुकुवा गर्न सक्ने छ ।

नेपाली क्रिकेट टिम आधिकारिक रूपमा घोषणा भई अमेरिका पुगिसकेको छ । तर, यही २५ मेसम्म खेलाडी प्रतिस्थापन गर्न पाउने आईसीसीले समय दिएकाले नेपाल क्रिकेट संघले चाहेमा उनलाई अमेरिका पठाउन सक्छ । अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’ मा छ । नेपाल रहेको सो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड छन् । प्रतियोगिता १ जूनमा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया