Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानले अब देशलाई अझै माथि पुर्‍याउने बताएका छन् । बुधबार उच्च अदालत पाटनबाट सफाएपछि छोटो प्रतिक्रया दिँदै उनले आफूले पहिलो दिनदेखि नै निर्दोष रहेको बताउँदै पनि आएको बताएका हुन् ।

‘एक वर्षभन्दा धैरै भयो । पहिलो दिनदेखि नै मैले आफू निर्दोष छु भनेर भनिरहेको थिएँ । धेरै नै तरिकाले मलाई नभएको अपराधो दोषी खडा गरिएको थियो । अन्ततस् हामी यहाँसम्म आइसकेका छौँ । मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, आज पनि उच्च अदालतको फैसलाको सम्मान गरेर अगाडि बढ्नेछु । जतिले पनि मलाई साथ दिनुभएको थियो, आभारी छु । आगामी दिन नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु,’ उनले भने ।

फैसलापछि राहतको लामो सास फेरेका लामिछानेले अदालतले न्याय दिएको बताए । उनले भने, ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरूप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ ।’

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरेर सन्दीपलाई सफाइ दिएको हो ।

तपाईको प्रतिक्रिया