बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद्मा त्यसको जवाफ दिन पाउनुपर्ने दोहोर्‍याएका छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने बताए । ‘निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे । सदन र सडकमा पनि गाली गलौच नै चल्यो’, लामिछानेले भने, ‘लोकतन्त्रमा बोल्न पाउनुपर्‍यो । त्यो अधिकार पनि हो ।’

उनले आफ्नो जवाफमा चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने पनि बताए । ‘जवाफ नै चित्त बुझेन भने उहाँहरूको विरोध गर्ने अधिकारको हामी सम्मान गर्छौ । नेपाली कांग्रेसजस्तो पार्टी त्यो अभ्यासमा चुक्नुहुँदैन जस्तो लाग्छ’, लामिछानेले भने ।

तपाईको प्रतिक्रिया