Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्नेगरी उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका हुन् ।

उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा उत्पादन र रोजगारी न्युन भएकाले अहिले समस्या देखापरेको भन्दै १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको दाबी गरे । मुलुकको अहिलेसम्मको विकास मोडलले पूर्वाधार र सामाजिक विकासमा राम्रो गरे पनि उत्पादन र रोजगारी सिर्जनामा परिणाममुखी काम नभइएकाले पनि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको उनको भनाई छ ।

उपाध्यक्ष श्रेष्ठले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचक खस्कन थालेको बताए । उनले त्यस्ता आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने बताए । उनले पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उल्लेख गरे ।

उनले १६ औं योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम समस्यालाई गहिराइमा पुगेर अध्ययन गरिएको बताए । ‘आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत हुन्छ । १६ औं योजनाको अन्तिम वर्ष २०८५/०८६मा ७ दशमलव ३ प्रतिशत हुने भनिएको छ । त्यसैले औसत र कुन वर्षको भन्नेमा दोधार नहोस् । हामीले आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर आँकलन गरेका छौं । आगामी आर्थिक वर्षमा सुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर वृद्धि हुँदै जान्छ भन्ने छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।

आगामी आर्थिक वर्षमा सुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आकलन गरिएको छ । १६ औं योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको उनले बताए । मन्त्रालयका सुक्ष्म कार्यक्रम नराखिएका कारण १५ औं योजनाभन्दा १६ औं योजनाको आकार घटेको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया