Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – सरकारले कोरोनाविरुद्ध खोप अभियान तीव्र बनाएको बताए पनि अझै एक करोड १२ लाख नागरिक खोपको पहुँच बाहिर रहेको पाइएको छ । आउँदो चैत मसान्त अर्थात् अबको ६३ दिनभित्र सबै नागरिकलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराइसक्ने सरकारको लक्ष्य छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाअघि पदबहाली गर्दा खोप पहिलो प्राथमिकतामा रहेको बताएका थिए । ‘मेरा तीनप्राथमिकता खोप, खोप र खोप,’ देउवाले भनेका थिए । तर, सरकारलाई लक्ष्यमा पुग्न सकस देखिएको छ । अझै पनि एक करोड १२ लाख ८० हजार ५४१ नागरिकले खोपको कुनै पनि मात्रा नलगाएको पाइएको छ । दैनिक एक लाख ७९ हजार ५६ नागरिकलाई पहिलो मात्रा दिन सके मात्रै लक्ष्यमा पुग्ने देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप अद्यावधिक विवरणअनुसार मंगलबारसम्म १ करोड ५८ लाख एक हजार ७३४ नागरिकले कोरोनाविरुद्ध खोपको पूणर् मात्रा लगाएका छन् । यस्तै, एक करोड ७९ लाख ११ हजार ९३९ नागरिकले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ४४ हजार ५४४ नागरिकले अतिरिक्त खोप लगाएका छन् । सरकारले एक करोड ९९ लाख २२ हजार १६४ नागरिकलाई पूणर् मात्रा खोप लगाउने लक्ष्य लिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले खोप अभियान तीव्र पारिएको बताइन् । उनले भनिन्, ‘सरकारले खोप अभियान तीव्र पारेको छ । मुख्यतः कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पनि आम नागरिकलाई चैत मसान्तभित्र कोरोना विरुद्ध खोपको पूणर् मात्रा लगाइसक्ने बताउँदै आएका छन् । सरकारले पर्याप्त मात्रामा खोप मौज्दात रहेको भन्दै खोप अभियानलाई तीव्र पारिएको जनाएको छ ।

हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्रेजेनिका, फाइजर खोप उपयोगमा आएको छ । जसमध्ये जोन्सन एण्ड जोन्सन खोप एक मात्रा भए पुग्छ भने फाइजर खोप बालबालिकाका लागि प्रयोगमा छ । अतिरिक्त खोपका रुपमा बुस्टर डोज प्रयोगमा आएको छ ।

स्वास्थ्यमन्त्री भन्छन्, ‘छिट्टै सबै नागरिकलाई बुस्टर डोज दिन्छौं’
स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज प्रदान गर्ने बताएका छन् । बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपंत्तिमा काम गर्नेलाई दिइरहेको बुस्टर डोज केही दिनभित्रै सबै नागरिकका लागि प्रदान गर्ने दावी गरेका हुन् ।

मन्त्री खतिवडाले विद्यार्थीहरूका लागि पनि खोप प्रदान गर्ने काम शुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने बताए । त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खापको अभाव हुन नदिने बताए । विपन्न वर्गका लागि स्वास्थ्य उपचार निःशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुँदा प्रभावकारी हुन नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया