मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । योसँगै सैन्य सरकारले अहिलेसम्म सुकीविरुद्ध ११ मुद्दा दायर गरेको छ ।

देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सुकीविरुद्ध मुद्दा दायर गरेको हो । सेनाले सो क्षेत्रमा ४०० घरहरू जलाएको जनाइएको छ ।

आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढङ्गले ५ लाख ५० हजार सहयोग भन्दै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा अदालतको सुनुवाइ बारेमा विस्तृत विवरण खुलाइएको छैन ।

सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लङ्घन गरेको विभिन्न अभियोगमा सुकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ । गत वर्षको फेब्रुअरीमा निर्वाचित सरकारलाई ‘कू’ गरेपछि सुकी घरमै नजरबन्दमा छिन् ।

तपाईको प्रतिक्रिया