मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५,५८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमित हुने भन्दा निको हुने धेरै छन् । पछिल्लो २४ घण्टामा ८,२६७ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमित ७४ हजार ६५३ जना रहेका छन् । सोही अवधिमा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा थपिए १,९०४ सङ्क्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,९०४ जना कोभिड सङ्क्रमित थपिएका छन् । काठमाडौँमा १,४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ जना सङ्क्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५३१ पुगेको छ । देशभर आज ७३ हजार १७८ जना होम आइसोलेसनमा र १,४७५ जना संस्थागत आइसोलेसनमा छन् । २७९ जना आइसियुमा र ५० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया