सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानमा विदेशी प्राविधिक प्रशिक्षार्थीहरूको संख्या देखिएको छ । गत वर्षको अक्टोबरमा पहिलो पटक जापानमा काम गर्ने विदेशी प्राविधिक प्रशिक्षार्थीहरूको संख्या घटेको सरकारी तथ्याङ्कले देखाएको हो ।

तथ्याङ्कअनुसार कोरोनाभाइरस महामारीको बिचमा कडा सीमा नियन्त्रणका कारण वार्षिक रूपमा १२.६ प्रतिशतले विदेशी प्रशिक्षार्थीहरूको संख्या घटेको छ । प्राविधिक प्रशिक्षार्थीसहित विदेशी कामदारको कुल संख्या भने १.७२ मिलियन पुगेको छ । रोजगारदाताले त्यस्ता कामदारहरूको रेकर्ड सन् २००७ देखि राख्न थालेको थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा ०.२ प्रतिशत मात्र कामदार बढेको देखिन्छ ।

प्राविधिक इन्टर्न कार्यक्रमअन्तर्गत विकासोन्मुख देशका प्रशिक्षार्थीहरूको संख्या ३५१,७८८ पुगेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । अध्ययन जस्ता गैर कामका लागि जापानमा पार्टटाइम काम गर्नेको संख्या पनि ९.७ प्रतिशतले घटेको छ । जापानमा बढ्दो बुढ्यौली जनसङ्ख्याका कारण श्रमिक अभावका कारण विदेशी कामदारको माग भने बढ्दै गएको छ ।

यद्यपि महामारीका कारण सरकारले सन् २०२० को अन्त्यबाट गैरआवासीय विदेशी नागरिकहरूलाई जापान प्रवेशमा पटकपटक अस्थायी प्रतिबन्ध लगाउँदै आएको छ । गत वर्ष नोभेम्बरमा सरकारले प्रतिबन्धलाई सहज बनायो र विदेशीहरूका लागि कम्पनीहरू र शैक्षिक संस्थाहरूबाट नयाँ प्रवेश आवेदनहरू स्वीकार गर्न थाले तर, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि फेरि गैरआवासीय विदेशी नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयकाअनुसार राष्ट्रियताका आधारमा भियतनामीले २६.२ प्रतिशत अर्थात् ४,५३,३४४ मा विदेशी कामदारहरूको सबैभन्दा ठूलो हिस्सा लिएको छ । त्यसपछि चिनियाँहरूले २३.० प्रतिशत अर्थात् ३,९७,०८४ र फिलिपिन्सको ११.१ प्रतिशत अर्थात् १,९१,०८३ छन् । प्रिफेक्चरको आधारमा टोकियोमा सबैभन्दा बढी विदेशी कामदार ४,८५,३८२ छन् । त्यसपछि आइची प्रिफेक्चरमा १,७७,७६९ र ओसाकामा १, ११,८६२ रहेका छन् ।

तपाईको प्रतिक्रिया