शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – सत्ता गठबन्धनसम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् ।

देउवाले शनिबार बिहानको बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए । त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा ०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको हाे ।

संविधानसँग बाझिएका कानून संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए । स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया