शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आउँदो बुद्ध जयन्तीभन्दा अगावै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारी भइरहेको बताएका छन् । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रगति विवरण लिँदै शनिबार मन्त्री आलेले विमानस्थल संचालनमा अब कुनै पनि खालको बिलम्ब नहुने गरी योजना बनाइएको बताएका हुन् ।

उनको साथमा, मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली स्थलगत अनुगमनमा पुगेको थियो । ‘यो विमानस्थलप्रति विश्वकै ध्यानाकृष्ट भएकाले अब कुनै पनि खालको बिलम्ब हुनु हुँदैन’, मन्त्री आलेले भने, ‘बुद्ध जयन्ती अगावै यस विमानस्थलमा ठूल्ठूला विमान उडेर संचालन भएको देख्न पाइयोस् । म यसका लागि यहींबाटै निर्देशन दिन्छु, कुनै पनि हालतमा बुद्ध जयन्तीभन्दा अगावै अन्तर्राष्ट्रिय उडान हुनु पर्छ ।’

तपाईको प्रतिक्रिया