शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – साउथ सुपरस्टार प्रभास र पूजा हेगडेको फिल्म ‘राधे श्याम’ प्रति दर्शकको चासो बढ्दो छ । केही दिनअघि निर्माताहरु फिल्म ओटीटी प्लेटफर्मममा पनि रिलिज गर्ने तयारी गरिरहेको खबर बाहिर आएको थियो ।

तर, अब यो खबरमा पूर्णविराम लागेको छ । फिल्मका निर्माता कृष जगरलामुडीले फिल्म थिएटरमा मात्र रिलिज हुने बताएका छन् । उनले गणतन्त्र दिवसको अवसर पारेर बुधबार यो कुराको जानकारी दिएका हुन् ।

फिल्मका निर्देशक राधा कृष्ण कुमारले पनि ट्वीटरमार्फत फिल्म थिएटरमै रिलिज हुने बताएका छन् । फिल्मका संगीतकार थमनले ‘राधे श्याम’को अनुभव लिनका लागि दर्शकले थिएटर नै रोज्नुपर्ने भन्दै फिल्म थिएटरमा रिलिज गर्ने निर्णयको स्वागत गरे ।

यो फिल्म १४ जनवरी २०२२ मा आउने तयारीमा थियो । तर, कोरोना महामारीका कारण आउन सकेन । यो फिल्म महामारीको दोस्रो र तेस्रो लहरबाट पूर्ण रुपमा प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया