शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – नागिनको रूपमा परिचित भारतीय टिभी एक्ट्रेस तथा बलिउड अभिनेत्री मौनी राय बिहीबार दाम्पत्य सम्बन्धमा बाँधिएकी छिन् । अरू नायिका जस्तो नायकसँग नभएर यी नायिका व्यापारीसँग दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन् ।

केही समयदेखि अभिनेत्री मौनी दुबईका व्यापारी सुरज नाँबियारसँग प्रेम सम्बन्धमा थिइन् । उनै ब्वाईफ्रेन्ड मार्फत उनले व्यवसायमा पनि आफ्नो लगानी सुरु गरेकी थिइन् । तिनै उद्योगी तथा व्यवसायी सुरजसँग अभिनेत्री मौनी यतीबेला दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन्। उनीहरूले हिन्दु परम्परा अनुसार विवाह गरेका छन् ।

अभिनेत्री मौनीले विवाहमा धेरै सिनेकर्मीलाई भने सहभागी गराएकी छैनन् । आफ्ना केही नजिकका सिनेकर्मीलाई उनले बोलाइन् । यी अभिनेत्रीका अनुसार उनीहरूले मुम्बईमा विवाहको भव्य रिसेप्सन पार्टी राख्दैछन् । सो पार्टीका लागि सलमान खान, रणवीर कपुरदेखि धेरै अभिनेता-अभिनेत्रीलाई उनले निम्ता पठाइसकेकी छिन् । मौनीको विवाहको रिसेप्सनमा बलिउड स्टारहरूको जमघट हुने भएको छ ।

तपाईको प्रतिक्रिया