काठमाडौं – सरकारले कोभिड-१९ को परीक्षण ९पीसीआर टेष्ट०को नयाँ शुल्क तोक्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले दिएको जानकारी अनुसार आज बुधबार सम्म (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्ने विषयमा निर्णय हुने जनाएका छन् ।
निजि अस्पताहरुले प्रत्येक व्यक्ति पिसिआर परिक्षण गरेको २ हजार लिँदै आएकोमा सांसदहरुले यो शुल्क महंगो भएको भन्दै विरोध जनाएपछि सरकारले यस विषयमा थप निणर्य लिने भएको हो ।
मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले शुल्क समायोजनको समिति बनेको समेत जानकारी दिएका छन् ।
सो बैठकमा सचिव पोखरेलले भने, ‘शुल्क समायोजनको समिति बनेको छ । त्यसको सिफारिसको आधारमा हामी आज बेलुका वा भोलिसम्म एउटा निर्णय गरेर निजी र सरकारी अस्पतालको पीसीआर शुल्क पुनः समायोजन गर्ने र आवश्यकता अनुसार पीसीआर फ्री गर्ने गरी एउटा निर्णयमा जान्छौं ।’
उनले सरकारी अस्पतालमा भने आफुहरुले यो पीसीआर परिक्षण फ्रिमा गरेको पनि बताएका छन् ।